मंगलवार, १६ असार, २०८३

बैठकमा बोल्ने क्रममा ढलेका कास्कीका एमाले नेता कृष्ण थापाको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २८ फाल्गुन, २०८२

बैठकमा बोल्ने क्रममा ढलेका कास्कीका एमाले नेता कृष्ण थापाको निधन

पोखरा। निर्वाचन समीक्षा बैठकमा बोल्नेक्रममा एक्कासि ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको  बताइएको छ । प्राप्त जानकारी अनुसार भर्खरै मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो ।

निर्वाचन समीक्षा कार्यक्रममा आफूले बोल्नासाथ कुर्सीमा बसेका थापा त्यहीँ ढलेका थिए । उनलाई १०  मिनेटभित्रै मणिपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको र त्यहाँ पुग्दासम्म श्वासप्रश्वास चलेजस्तो लागेको, तर केही समयमै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

फागुन २१ को चुनावका लागि एमालेले सुरूमा कास्की-२ बाट थापालाई टिकट दिएको थियो । पछि रश्मी आचार्यलाई अघि सारियो।थापाकै प्रस्तावमा रश्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले बताएको थियो ।

२०५४ को स्थानीय तह निर्वाचनमा पोखरा नगरपालिकाको मेयर निर्वाचित थापा संविधानसभा सदस्य थिए । उनी एमाले कास्कीको अध्यक्ष हुँदै तीन कार्यकाल केन्द्रीय सदस्य भएका हुन् ।

advertisement_1676998982.gif