शनिबार, ६ असार, २०८३

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ असार, २०८३

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतको आदेश

२०८३ असार ०२, काठमाडौं । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्श सेवाको लागत अस्वाभाविक रूपमा बढाई करिब ५० करोड ३४ लाख रुपैयाँको लागत अनुमान स्वीकृत गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा मङ्गलवार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा राख्न आदेश दिएको हो ।

यसअघि सोही प्रकरणमा प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसमेत थुनामा गइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ र ३ बमोजिम कैद र जरिवाना दुवैको मागदाबी गर्दै ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुलउपर (बिगो) का लागि विशेष अदालतमा मुद्दा दायर गरेको थियो, जसमा अदालतले प्रारम्भिक प्रमाण र उनको भूमिकालाई आधार मान्दै अनुसन्धान नसकिँदासम्मका लागि कारागार चलान गर्ने निर्णय सुनाएको हो ।

advertisement_1676551537.gif