राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीभित्रको कार्यशैली र सङ्गठनात्मक अवस्था कमजोर भए पनि जनताका बीचमा पार्टीको ‘एजेन्डा’ स्थापित भएको बताएका छन् ।
सो पार्टीको काठमाडौँ जिल्लास्थित अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेपछि पार्टीको जनमत वृद्धि भएको बताए।
याँ सोच, कार्यशैली र योजनाका साथ आगामी महाधिवेशनलाई पार्टी सुधारको अवसरका रूपमा लिने उद्घोष गर्दै उनले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई आफूहरूले निरन्तर अघि बढाउने बताए ।