शनिबार, ६ असार, २०८३

राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति लामिछाने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगे सभापति लामिछाने

२०८३ असार ०६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सभापति लामिछाने शनिवार चितवन पुगेका हुन् ।

महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । लामिछानेले आजै वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक चितवनमै राखेका छन् ।

बैठकमा महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधनलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

advertisement_1676998982.gif