राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असार ११, काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।
यसअघि राष्ट्रिय सभाको बैठक यही असार ५ गते बसेको थियो ।