बिहीबार, ११ असार, २०८३

विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

२०८३ असार ११, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश दिएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

श्रीमतीले पक्राउ गर्नुपर्ने कानुनी आधार नरहेको भन्दै थुनाबाहिरै बसेर पुर्पक्षको माग बुधबार रिट दायर गरेकी थिइन् ।

प्रहरीले गत सोमबार जरुरी पक्राउ पुर्जीका आधारमा पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो । त्यसपछि मंगलबार विशेष अदालतले जरुरी पक्राउ पुर्जीको समर्थन गर्दै थप अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

advertisement_1676553851.gif