आईतवार, ७ असार, २०८३

काठमाडौँ महानगरपालिकाले लगायो सूर्तिजन्य पदार्थको विक्री वितरणमा रोक ।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ मंसिर, २०८०

काठमाडौँ महानगरपालिकाले लगायो सूर्तिजन्य पदार्थको विक्री वितरणमा रोक ।

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने जानकारी दिएको छ । आज काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले जारी गरेको सार्वजनिक सूचनामा यही  मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाउने जानकारी दिएको छ ।

सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ, भनिएको छ । 

सूर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको बताएको छ ।

सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायतका स्थलहरुमा धुम्रपान, चुरोट, विँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई पूर्ण रुपमा  निषेध गरेको  महानगरले जनाएको  छ । 

advertisement_1676551646.gif