बुधबार, १० असार, २०८३

नेप्से सूचकांक निरन्तर उकालो तर्फ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ११ फाल्गुन, २०८१

नेप्से सूचकांक निरन्तर उकालो तर्फ

काठमाडौँ। आज साताको पहिलो कारोबार दिनमा पनि नेप्से सूचकांक निरन्तर उकालो लागेको छ। आज नेप्से  ११.६६ अंकले बढेर २७५५.४० अंकमा बन्द पुगेको छ। सेन्सेटिभ सूचकांक पनि ०.६६ अंकले बढेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट सूचकांक क्रमशः ०.५५ र ०.१२ अंकले बढेको छ। कारोबार रकममा वृद्धि भएको छ, जसमा ११.५४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

गर्डिअन माइक्रो लाइफ  इन्स्योरेन्सले सकारात्मक सर्किट लगाएको छ, जसको शेयर मूल्य ७०.९० रुपैयाँले बढेर ७८०.२० रुपैयाँ पुगेको छ। कुमारी सबल योजना र छ्याङ्दी हाइड्रोपावरले पनि वृद्धि छ भने रिभर फल्स पावर, उपकार लघुवित्त र पिपुल्स हाइड्रोपावरको शेयरमा गिरावट आएको छ। हिमालयन पुनर्बीमाले ९५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ।

advertisement_1676551646.gif
अन्य समाचार