राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार १०, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेदवारी परेको छ । आज बिहान ९:०० बजे नामावली प्रकाशन गरिनेछ ।”
निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुनेछ । रास्वपामा १९ पदाधिकारी र १५१ सदस्य केन्द्रीय समितिको व्यवस्था छ । रास्वपाले मतदानको लागि राम-लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ । मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको बताईएको छ ।
मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।