आईतवार, ७ असार, २०८३

मुकुलले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाउन सर्वोच्च अदालतको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ असार, २०८२

मुकुलले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाउन सर्वोच्च अदालतको आदेश

१२ असार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग राख्दै डा. मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइपछि दुवै पक्षलाई १७ गते मंगलबार छलफलका लागि बोलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्नका लागि मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।

निर्वाचन आयोगले आफ्नो रेकर्डमा रास्वपाको महामन्त्री मुकुल ढकाल नै रहेको सार्वजनिक गरेपछि ढकालले अदालतमा मुद्दा हालेका हुन् । उनले अदालतबाट उत्प्रेषण आदेश माग गरेका छन् । उनले रिटमा पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।

advertisement_1676551646.gif