राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ असार १५, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (सोमबार) अपराह्न १२:१५ बजे बस्दैछ । सिंहदरबारमा बस्ने यस बैठकका लागि सम्भावित कार्यसूची समेत तय भइसकेको छ ।
आजको बैठकमा विशेष गरी बजेट तथा विनियोजन प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।