राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् ।
उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।
चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने सर्वसम्मत सभापति निर्विरोध निर्वाचित भएका थिए ।