सोमबार, ८ असार, २०८३

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका विष्णु पौडेललाई काठमाडौं ल्याइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका विष्णु पौडेललाई काठमाडौं ल्याइँदै

२०८३ असार ०८, काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरेपछि प्रहरीले नेपालगञ्ज हुँदै काठमाडौं लैजाने तयारी गरेको छ ।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा पक्राउ परेका पौडेललाई सुर्खेतस्थित पार्टी कार्यक्रमबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो । उनी निर्वाचन समीक्षा तथा संगठन सुदृढीकरणसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरी टोली पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष प्रहरी टोलीले पौडेललाई साँझ नियन्त्रणमा लिएर सडकमार्ग हुँदै नेपालगञ्जतर्फ लगेको हो । त्यहाँबाट उनलाई थप अनुसन्धानका लागि काठमाडौं पुर्‍याइने तयारी गरिएको प्रहरीले जनाएको छ ।

advertisement_1676553908.gif